काठमाडौं । पछिल्लो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोलामा एक लाख ४३ हजार ७०० रुपैयाँ थियो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४६ हजार रुपैयाँ कायम छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
चाँदीको मूल्य यो साता तोलामा ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७० रुपैयाँ थियो । यो साता १९ सय रुपैयाँ कायम छ ।