कांग्रेस मन्त्री छनोट गर्न मापदण्ड बनाउने-Sutra News

कांग्रेस मन्त्री छनोट गर्न मापदण्ड बनाउने

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

काठमाडौं । पाँच महिनापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने लागेको नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।



पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारमा जाने मन्त्रीहरूले एकै पटक शपथ लिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट सरकारमा मन्त्री पठाइने उनको भनाइ थियो । ‘समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरुलाई सरकारमा पठाउँछौँ,’ उनले भने, ‘देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्ने गरी अन्य दललाई पनि जोडेर अघि बढ्छौँ ।’

उनले प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को–को मन्त्री बन्ने टुंगो लाग्ने बताए । अहिले मन्त्री छनोट गर्न आन्तरिक गृहकार्य भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट