आइतबार बस्ने प्रतिनिधिसभा बैठक सर्‍यो-Sutra News

आइतबार बस्ने प्रतिनिधिसभा बैठक सर्‍यो

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१
फाइल तस्बिर

काठमाडौं । आइतबार बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । योसँगै बैठक सोमबार बस्ने गरी सारिएको हो ।



विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघि आइतबार अपराह्न ३ बजे बैठक तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट