आज तपाईंको दिन कति राम्रो, हेर्नुहोस् राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति राम्रो, हेर्नुहोस् राशिफलमा के छ ?

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

आज मिति २०८१ असार ३० गते आइतबार । सन् २०२४ जुलाई १४ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व अष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १७ मिनेट भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

विछोडिएका परिवारजनसँग भेटघाट हुने र विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । कुनै कार्यको परिणाम कुरिरहनु भएको छ भने आज सकारात्मक नतिजा आउने योग छ । तथापि, हठ गर्ने बानीले दुःख पाइनेछ भने जागिरमा भएकाले विशेष सावधानी अपनाउनु पर्ने समय छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । यात्रागत कार्य सफल हुनेछ ।

बृष

व्यस्तता वृद्धि हुनेछ । केही खर्च लागे पनि सोचेको काम बन्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ भने व्यवसायमा थप लगानी बढाउन सकिने छ । प्रतिस्पर्धीहरूले हार खानेछन, सहयोगीजनले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिने छ । मान महत्व वृद्धि हुनुका साथै परिवारिक सुख बढ्ने छ ।

मिथुन

दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तपाईंको मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ । तथापि, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले विशेष सावधानीका साथ कार्य गर्नुहोला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । यशवर्चश्व वृद्धि हुनेछ भने मान–महत्व बढ्ने छ ।

कर्कट

सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आजको दिन आश्वासन बाँड्नेहरूको भर नपर्नु हितकर होला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । आफ्नै बल–विवेकको उपयोगले काम बन्न सक्छ ।

सिंह

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । समयलाई पछ्याउने विशेष प्रयत्न गर्नु होला । भौतिक साधनले भने धोका दिन सक्ने योग छ । व्यापारमा विशेष फाइदा उठाउन सकिने छ । रसरागमा आकर्षण बढ्ने छ भने सुख वृद्धि हुनेछ ।

कन्या

परिस्थिति अलिक प्रतिकूल जस्तो लागे पनि सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ भने रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । बिछोडिएका आफन्तसँग भेटघाट होला । भ्रमण कार्यमा खर्च बढ्न सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा गर्ने मौका जुर्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । तथापि, परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । दैनिक कामकाजमा सफलता नै मिल्ला । आयबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्ने छन् । आजको दिन सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । सामान्य खर्च वृद्धि हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि रहने छ । स्वास्थ्यमा सुधार आउनेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु

सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्ने योग रहेकोले विशेष सचेतनाको दरकार छ । प्रतिस्पर्धी परास्त होलान् । धर्मकर्ममा आकर्षण बढ्ने छ । यात्रागत कार्य सफल रहला ।

मकर

प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठनमा पनि प्रगति होला । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुर्न सक्छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दौडधुप वृद्धि हुन सक्छ, तर रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार पुऱ्याउनु हितकर हुनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै महत्वाकांक्षी योजना फलीभूत हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य पनि सामान रूपले कमजोर नै रहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । तथापि, काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदा नै हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । भ्रमण कार्यमा आकर्षण बढ्ने छ । सन्तानसुख प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट