सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य-Sutra News

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा कुनै घटबढ छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आज कारोबार भइरहेको छ ।



महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँ छ ।

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला एक हजार आठ सय रुपैयाँको दरले सुनको मूल्य बढेको थियो । जुन नेपाली बजारमा सबैभन्दा उच्च मूल्य हो ।

सुनको मूल्य स्थिर रहँदा आइतबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घट्दै चाँदी प्रतितोला एक हजार आठ सय ७५ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य बृद्धिलाई पछ्याउँदै स्थानीय बजारमा केही समयदेखि नै सुनचाँदीको मूल्य बढिरहेको छ । यद्यपि, भन्सार दरको बृद्धिले पनि मूल्यलाई प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट