काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । अनिल बुढा मगर निर्देशित डेव्यु फिल्मले प्रदर्शनको सुरुवाती दिन शुक्रबार बिहानीका शो औसत रहे पनि केही हलमा राम्रै अकुपेन्सी देखिएको थियो ।
फिल्मले शुक्रबार दिउँसोका शोहरुबाट लय समात्दै काठमाडौंसहित मोफसलका स्टेशनहरुमा ५० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको थियो । सुखद् अकुपेन्सी देखिएसँगै काठमाडौंसहित बुटवल, दमक, नेपालगञ्ज, पोखरा, धरान र दाङमा जस्ता सहरमा हाउसफुल भएका थिए ।
शुक्रबारको व्यापारलाई मध्यनजर गर्दै केही हलहरुले शोजमा वृद्धि समेत गरेका थिए । सोही अनुरुप फिल्मले दोस्रो दिन शनिबार बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यका र मोफसलका ठुला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप
फिल्मको शनिबारका बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रहेको थियो । शुक्रबार र शनिबार फिल्म हेरेका दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आइतबारका लागि शो थपेका थिए ।
शनिबार बिहानैबाट काठमाडौं उपत्यका र मोफसलका ठुला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप देखियो ।
निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप देखिएको र शनिबार विहानैबाट मिलेको साथले दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाइरहेको बताए ।
निर्माता मगरले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै आगामी दिनमा पनि दर्शकको यस्तै साथ आवश्यकता रहेको आशा व्यक्त गरेका छन्।
दर्शकको राम्रो साथ मिलेपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक मगरले पनि आफ्नो पहिलो पाइलामा नै दर्शकको यो लेवलको साथ र सहयोग मिल्दा आगामी दिनमा अझ उत्कृष्ट सिनेमा निर्माण गर्नु पर्ने चुनौती थपिएको बताएका छन् ।
मगर समुदायको विवाह संस्कृतिलाई प्रस्तुत गरेको यो फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
जनक घर्ती मगर निर्माता रहेको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ ।