नारायणी किनारमा थप एउटा शव फेला-Sutra News

नारायणी किनारमा थप एउटा शव फेला

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

चितवन । चितवनको नारायणी नदी किनारमा थप एउटा शव भेटिएको छ । गैँडाकोट–७ मा थप एउटा शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।



यो शव गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्येको हो वा होइन भन्ने पुष्टी हुन बाँकी रहेको छ ।

यसअघि पाँच जनाको शव फेला परेकोमा तीन जनाको परिचय खुलेको थियो । प्रहरीका अनुसार माडी नगपालिका १ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव पहिचान भएको हो ।

काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगर २९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा टिकट काटेका २४ जना र काठामाडौंतर्फ गइरहेको बसमा टिकट काटेका २७ जना बेपत्ता भएका थिए । अहिलेसम्म बस भेटिएको छैन । त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट