ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो-Sutra News

ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ । एफबीआईले गोली हान्ने युवक २० वर्षीय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ ।



पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो । उनी अहिले सुरक्षित छन् । एफबीआईले यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटना स्थलमै गोली हानेका थिए । उनको मृत्यु भएको छ । युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट