ओली सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल पक्का !-Sutra News

ओली सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल पक्का !

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ बन्ने सरकारको मन्त्रिपरिषद्मा को–को समेटिएलान् स्पष्ट छैन । दलहरुबीच मन्त्रालय भागवण्डामा करिब सहमति भएपनि दलहरुले आन्तरिकरुपमा मन्त्रीहरुबारे टुंगो लगाएका छैनन् ।



यद्यपि, केही महत्वपूर्ण मानिएका मन्त्रालयका सन्दर्भमा भने करिब टुंगो लागेको छ । जसमा निकै चासोपूर्वक हेरिएको अर्थमन्त्रालय पनि पर्दछ ।

एमालेका एक पदाधिकारीले बताएअनुसार नयाँ सरकारको अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको नाम फाइलन भइसकेको छ । “अन्यको विषय टुंगो लागेको छैन, अपरान्हसम्म टुंगो लाग्ला”, ति पदाधिकारीले भने, “अर्थमा विष्णु जिको नाम फाइनल भइसकेको छ, अहिले उहाँको विकल्प छैन भन्नेका सबैको मत हो ।”

यसअघि पटक–पटक अर्थमन्त्रालयको जिम्मेवारी लिएका र अर्थमन्त्रालयकै जिम्मेवारीबाट चर्चामा आएका पौडेललाई एमालेभित्र अर्थको राम्रो जानकारको रुपमा हेरिन्छ । विशेषगरी नयाँ मन्त्रीका लागि एमालेले बनाएको मापदण्ड पनि उनका निम्ति अनुकुल भएको नेताहरु बताउँछन् । चुनाव जितेका र अर्थका जानकारमध्ये उनी नै अग्रपंक्तीमा पर्दछन् ।

पौडेल यसअघि २०७७ असोजमा पनि ओलीकै मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । २०७९को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी अर्थकै जिम्मेवारी थिए । यद्यपि, समीकरण फेरिएसँगै उनी त्यतिखेर ६४ दिनमै सरकारबाट बाहिरिए ।

अहिले अर्थमा पाैडेलकाे आगमनको चर्चाले विशेषगरी सेयर बजार तात्तिएको छ । केही दिनदेखि नै सेयर बजारमा उत्साह छाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट