अनमोलको फिल्म ‘फर्की फर्की’मा ५० लाख पारिश्रमिक, तिरे साढे सात लाख कर-Sutra News

अनमोलको फिल्म ‘फर्की फर्की’मा ५० लाख पारिश्रमिक, तिरे साढे सात लाख कर

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । नायक अनमोल केसी मात्र नेपाली फिल्म क्षेत्रका एक यस्ता सुपरस्टार हुन्, जसले नायक राजेश हमालपछि आफ्नो महंगा ब्रान्ड भ्यालु बनाउन सफल छन् । जसका कारण फिल्म साइन गर्दा उनले लिने पारिश्रमिकको चर्चा सधैं हुने गर्दछ । उनले डेब्यू फिल्म ‘होस्टल’बाट डेढ लाख पारिश्रमिक बुझेर अभिनय यात्रा थालेका थिए ।



फिल्म ‘कृ’मा अनमोलले २० लाख पारिश्रमिक बुझेपछि चर्चा सुरु भएको हो । पछिल्लो समय पारिश्रमिक लिएर सर्वाधिक महंगा नायक बनेका उनी अहिले ५० लाखमा काम गर्न तयार भए पनि निर्माता तिर्न तयार छन् ।

नेपालमा कलाकारहरूले महंगो पारिश्रमिक लिए पनि कर भने कम तिर्ने गरेको चर्चा हुने गर्दछ । अहिलेसम्म उनीहरुले जति पारिश्रमिक लिए पनि कति कर बुझाए ? भन्ने खुलेको थिएन । अनमोलले पहिलो पटक आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् ।

अनमोलले एउटा फिल्ममा काम गरेको ५० लाख लिने गरेको चर्चा भए पनि कुनै पनि निर्माताले सम्झौता रकम सार्वजनिक गरेका छैनन् । तर, जेठको १० गतेबाट रिलिजमा आएको फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले भने उनलाई ५० लाख दिएको पुष्टि गरेका छन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको हो ।

‘फर्की फर्की’बाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत ७ लाख ५० हजार कर तिरेका छन् । निर्माता अधिकारीले अनमोलले ५० लाख पारिश्रमिक बुझ्दा साढे ७ लाख रुपैयाँ नेपाल सरकारलाई कर तिरेको उल्लेख गरे ।

रोहितले सामाजिक सञ्जालमा अनमोलले लिएको पारिश्रमिक र तिरेको करको रसिद नै सार्वजनिक गरिदिएका छन् । अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् ।

जेठ १० गतेबाट रिलिजमा आएको यो फिल्मले विश्वव्यापी बजारमा आक्रामक कमाई गरेको थियो ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट