प्रधानमन्त्रीको निर्देशन- देशको राजनीतिभन्दा विपत्तिमा अविचलित भएर काम गर्नु-Sutra News

प्रधानमन्त्रीको निर्देशन- देशको राजनीतिभन्दा विपत्तिमा अविचलित भएर काम गर्नु

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिवतन महानगर २८ मा भएको घटनामा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न निर्देशन दिएका छन् ।



आइतबार बिहान राष्ट्रिय सुरक्षाका तीन अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेट गर्दै उनले सिमलताल बस दुर्घटनापछिको खोजी कार्यको जानकारी लिउका थिए । साथै खोजी कार्यलाई अझै तीव्र बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा प्राकृतिक विपत्तिका साथै दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद दिएका थिए ।

उनले देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारका रुपमा रहेको कर्मचारी तन्त्र र सुरक्षा निकायले अविचलित भएर काम गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट