भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति-Sutra News

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयात गर्न अनुमति दिएको छ ।



भारत सरकारबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदनअनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग विभागले जनाएको छ ।

चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रालि दुहवी रहेका छन् ।

यस्तै, सुनसरी, क्वालिटी कन्फेक्सनरी प्रालि दुहवी, सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रालि विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रालि भद्रपुर, झापा र सुजल फुड्स प्रालि पोखरा, कास्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट