साढे २० करोडको कोकिन ल्याउने महिला पक्राउ-Sutra News

साढे २० करोडको कोकिन ल्याउने महिला पक्राउ

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । प्रहरीले करिब ६ किलो कोकिनसहित मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले ठमेलस्थित काठमाडौं सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुम भादिभालोलाई पक्राउ गरेको हो ।



उनको साथबाट पाँच किलो ८२० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद भएको छ । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी बरामद गरिएको लागु पदार्थसहित महिलालाई सार्वजनिक गरेको हो ।

महिलाले लागु पदार्थ थाइल्याण्डको बैंकक हुँदै नेपाल ल्याएकी थिइन् । बरामद गरिएको लागु औषधको मूल्य करिब २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ ।

उक्त होटलमा लागु औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशंका छ ।

पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट