गृहसचिव र महानिरीक्षक पुगे त्रिशूलीमा बस खसेको स्थान-Sutra News

गृहसचिव र महानिरीक्षक पुगे त्रिशूलीमा बस खसेको स्थान

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन पुगेका छन् ।



स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव तथा वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

शुक्रबार बिहान गएको पहिरोले दुई यात्रुबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म फेला पर्न सकेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशूली नदीमा खोजी कार्य जारी रहेको छ ।

दुवै बसमा रहेका ६५ यात्रुमध्ये तीन जना सकुशल रहे पनि बाँकीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट