आज बृष, कर्कट र कुम्भ राशीलाई लाभैलाभ, अन्य राशीको दिन कस्तो ?-Sutra News

आज बृष, कर्कट र कुम्भ राशीलाई लाभैलाभ, अन्य राशीको दिन कस्तो ?

सोमबार, ३१ असार २०८१

सोमबार, ३१ असार २०८१

आज मिति २०८१ असार ३१ गते सोमबार । सन् २०२४ जुलाई १५ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन केही चुनौतीयुक्त अवस्था झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नु हितकर होला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्ने तथा आफ्नै कमजोरीले मित्रजन टाढिन सक्ने योग छ । पुराना समस्या दोहोरिन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला । सन्तानसुख भने बढ्नेछ । प्रेमभाव वृद्धि होला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

बृष

व्यस्तता बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्ने समय छ । एउटै कार्यमा पटक पटक मिहेनत गर्नुपर्ला । आलोचकहरूले सताउने तथा आक्षेप लगाउनेहरू सक्रिय होलान् । जिम्मेवारी बढ्नेछ तर सहयोग गर्नेहरू कमै भेटिनेछन् । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम सफलतादायी छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

दिन शुभदायी छ । पराक्रम वृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ भने विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारीको काममा राम्रै फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । मन प्रशन्न रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुने योग छ ।

कर्कट

आजको दिन उत्साहवर्द्धक रहला । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर मिल्नुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

प्रयास गर्दा गर्दै पनि समयमा काम पूरा नहुन सक्छ, तर हतोत्साहित हुनु जरुरत छैन । आजको दिन खर्च केही बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । निरर्थक आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। सावधान रहनुहोला । समयलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । व्यापारमा फाइदा होला । प्रतिस्पर्धी परास्त होलान् । तथापि, दिनको पछिल्लो प्रहर परिस्थिति केही प्रतिकूल बन्ने योग छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यक्तिगत फाइदाको पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला

दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनुका साथै आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । सहयोगीहरूले उत्साह जगाउनेछन् । आयबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्ला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक

कर्मबल बढ्ने छ । तार्किक क्षमता बढ्ने तथा अध्ययनरअध्यापनमा प्रगति हुने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आजको दिन भौतिक साधनप्रति भने त्यत्ति भरोसा नगर्नु हितकर होला । व्यावसायिक काममा खर्च बढ्ने योग छ । मान महत्व वृद्धि होला । रोकिएको काम बन्नेछ ।

धनु

आजको दिन काममा केही चुनौती देखापर्न सक्छ तर मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुन सक्छ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

जोखिम बढ्ने छ । सजग रहँदारहँदै पनि काम बिग्रने डरले सताउला,, धैर्य राख्नु हितकर हुनेछ । व्यवसायमा सामान्य समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा लैजान सक्छ ।तर आफ्नै प्रयासले समस्याको समाधान निस्कने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

समय शुभदायी छ । आयआर्जन बढ्ने तथा उठ्नुपर्ने रकम पनि हातलागी हुने समय छ शुभचिन्तकहरूको सहयोग जुट्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तपाईंको कामले राम्रै लाभ दिलाउने योग छ । मित्रजनको साथ रहला । स्वस्थ्य पनि सवल रहनेछ । दाम्पत्य सुख वृद्धि हुनेछ ।

मीन

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मुख्य काममा बाधा परेपनि नयाँ कामको प्रस्ताव आउने योग छ । सानातिना घरेलु काममा अल्झनुपर्दा मन खिन्न रहला । आरोग्यता रहनेछ, आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट