काठमाडौं । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक-एक गोल गरेका थिए । विलियम्सले खेलको ४७ औँ मिनेट र मिकेलले ८६ औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३ औँ मिनेटमा गोल गरेका थिए । योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ ।
स्पेनले यसअघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । इङल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।