काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘तेल भिसा’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि भदौ २९ गते रिलिज हुने भनिएको थियो ।
केही समय अगाडि अमेरिकामा पहिलो चरणको छायांकन गरिएको फिल्मको आज (सोमबार)बाट दोस्रो चरणको छायांकन सुरु भएको छ । यता प्रदर्शन मिति पोष्टपन्ड गरेको निर्माण पक्षले आइतबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा उनलाई जवान र बृद्ध दुई फरक लुक्समा देखिएका छन् ।
यस्तै पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकार देख्न सकिन्छ । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन छ ।
रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।