काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने २१ मन्त्रीको नाम टुंगिएको छ । नयाँ सरकारका लागि कांग्रेस, एमाले, जसपा र लोसपाले मन्त्रीको नाम टुंग्याएर पठाएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ मन्त्रीले पनि सपथ लिनेछन् ।
कांग्रेसबाट १०, एमालेबाट ८, जसपाबाट २ र लोसपाबाट १ मन्त्रीले ओलीसँगै सपथ लिनेछन् । नयाँ सरकारमा कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहितको जिम्मेवारीमा जाँदैछन् ।
नयाँ सरकारमा महत्वपूर्ण मानिएको गृहमा कांग्रेस नेता रमेश लेखक जाँदैछन् भने अर्थमा एमालेका उपाध्यक्ष पौडेल जाँदैछन् । दुई दलले अन्य मन्त्रालय महत्वका आधारमा करिब बराबरी हैसियतमै बाँडेका छन् ।
बाँकी रहेका अन्य मन्त्रालयमा साना दललाई समेट्ने तयारी दलहरुको छ ।
यी हुन् प्रारम्भमै सहभागि हुने २१ मन्त्री
कांग्रेसबाट
प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास
रमेश लेखक-गृह
आरजु राणा-परराष्ट्र
दीपक खड्का-ऊर्जा
ऐन बहादुर शाही- वन
अजय चौरसिया- कानून
तेजुलाल चौधरी- युवा खेलकुद
बद्री पाण्डे -पर्यटन
प्रदीप पौडयाल- स्वास्थ
रामनाथ अधिकारी- कृषि
एमालेबाट
विष्णु पौडेल– उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वीसुब्बा गुरुङ– सञ्चार
देवेन्द्र दाहाल– भौतिक
दामोदर भण्डारी– उद्योग
विद्या भट्टराई– शिक्षा
बलराम अधिकारी– भूमि
मानवीर राई– रक्षा
राजकुमार गुप्ता– संघीय मामिला
जनता समाजवादीबाट
प्रदीप यादव– खानेपानी
नवलकिशोर साह– महिला तथा बालबालिका
लोसपाबाट
शरदसिंह भण्डारी– श्रममन्त्री