काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले ओलीलाई ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । साेही दिन नै राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।