ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज गर्‍यो अधिग्रहण-Sutra News

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज गर्‍यो अधिग्रहण

सोमबार, ३१ असार २०८१

सोमबार, ३१ असार २०८१

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको एक सय २५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा द ब्रिटिस कलेज लगायतका शिक्षण संस्था सञ्चालन गरिरहेको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो म्यारिटाइम बिजनेश कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।



कलेज अधिग्रहण गरी शिक्षाको सञ्जाललाई विस्तार गर्दै लगिएको ग्रुपका प्रमुख प्रशासकीय अधिकृत (सीइओ) राजन कँडेलले बताए ।

‘हामी आफ्ना विद्यार्थीलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने, ‘यस अधिग्रहणले नेपाल, दुबई, र क्यानाडाका हाम्रा क्याम्पसबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ । जसले हाम्रो ग्लोबल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवर्द्धन गर्नेछ ।’

क्यानडाको उक्त म्यारिटाइम कलेज अधिग्रहण गर्न छ महिनाको समय लागेको उनले जनाए ।

सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकताहरू पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिब, इन्टेरियर डेकोरेटिब र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरुको अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट