साउन महिनाको पहिलो दिन तपाईंको राशी कस्तो, के छ राशिफलमा ?-Sutra News

साउन महिनाको पहिलो दिन तपाईंको राशी कस्तो, के छ राशिफलमा ?

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

आज मिति २०८१ साउन १ गते मंगलबार । सन् २०२४ जुलाई १६ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । तर, आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आज बुद्धि भने अर्कैको लागि खर्चनु पर्ने योग छ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । बौद्धिकता र रचनात्मकता बढ्ने छ । विश्वासिला साथीभाइको साथ प्राप्त हुनेछ । यात्रामा सफल हुनेछ ।

बृष

नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । बिना प्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती नगर्नु हितकर होला । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख बढ्ने छ ।

मिथुन

व्यस्तता बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । मन प्रफुल्ल हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । तथापि, बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनु पर्ला । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । आरोग्यता रहने छ । आफ्नै बल विवेकले काम बन्ने छ ।

सिंह

व्यावसायिक काममा खर्च बढ्ने दिन छ । तथापि, रोकिएका काम बन्ने छन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु र्याउनुहोला । व्यवसायमा राम्रै फाइदा हुनेछ । स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुने योग छ । कर्मबल बढ्ने छ । रसरागमा आकर्षण रहला ।

कन्या

अवसरवादीहरूले झुक्याउन सक्ने समय छ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोशिस गर्ने छन् । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । मानसिकता दर्बिलो तुल्याउने प्रयत्न गर्नुहोला । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउने छन् । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । तपाईंको हिम्मतका कारण बिग्रन लागेको काम पनि बन्ला । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । कमजोरी लुकाउँदा पछि परिने सम्भावना छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका जुर्ला । रसरागमा आकर्षण बढ्ने छ ।

बृश्चिक

समय शुभदायी छ । आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला । अतिथिका रूपमा सम्मान पाइने योग छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । आरोग्यता रहने छ । समयले साथ दिने छ ।

धनु

शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन दिनेहरूको भरपर्दा काम बिग्रन सक्छ । बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । इर्ष्या गर्नेले सताउन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला, तथापि कर्मबल बढ्ने छ । सकारात्मक काममा आकर्षण रहने छ ।

मकर

अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्ने समय भएपनि मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । दैनिकीमा परिवर्तन आउला । आम्दानी बढ्ने छ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । धनमाल हराउन सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला ।

कुम्भ

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुने छन् । नसोचेको धनलाभ हुन सक्छ । तथापि, पहिलेका सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ । रसरागमा आकर्षण बढ्ने छ ।

मीन

दिन शुभदायी छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिने छ । चिताएको काम पनि पूरा हुनुका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । नयाँ काम प्रारम्भ हुनाले मनमा उत्साह बढ्ने छ । व्यापारमा राम्रै धनलाभ हुने योग छ । रसरागमा आकर्षण बढ्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट