सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

काठमाडाैं । शत प्रतिशत आयातमा निर्भर रहेको बहुमुल्य धातु सुनको मूल्यले अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै स्थानीय बजारमा पनि नयाँ रेकर्ड बनाउन थालेकाे छ । अघिल्लो कारोबार दिन प्रतितोला २ सयले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले मंगलबार प्रतितोला ९ सयले बढ्दै साेमबारकाे रेकर्डलाई ब्रेक गरेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार छापावाला सुनको मूल्य एक लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको दिन स्थानीय बजारमा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

विश्वका ठूला अर्थतन्त्र भएका देशका केन्द्रीय बैंकले मुद्रास्फीतिलाई वाञ्छित सिमाभित्र राख्न वचतको ब्याजदर स्थिर राख्ने प्रयास गर्दा विश्वभरका लगानीकर्ता तेल तथा सुनको क्षेत्रमा लगानी बढाउँदा तेल र सुनको मूल्य अन्तर्राष्ट्रिय रूपमै बढ्दा त्यसको स्वभाविक असर स्थानीय बजारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट