कश्मीरमा फेरि बढ्याे द्वन्द्व : पछिल्लाे झडपमा मारिए पाँच सुरक्षाकर्मी-Sutra News

कश्मीरमा फेरि बढ्याे द्वन्द्व : पछिल्लाे झडपमा मारिए पाँच सुरक्षाकर्मी

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

काठमाडाैं । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार झडपमा चार सैनिककाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने एक जना प्रही अधिकारीकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।



मारिने सुरक्षाकर्मीकाे विवरण भने सार्वजनिक भएकाे छैन ।

“प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चार जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ”, एक प्रहरी अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् ।

पछिल्लाे घटनासँगै विवादित काश्मिर क्षेत्रमा मारिने भारतीय सैनिक र प्रहरीको सङ्ख्या १७ पुगेको जनाइएकाे छ ।

मुस्लिम बहुल कश्मीरमा भारत र पाकिस्तानबीच विभाजित देखि नै विवाद छ । जसमा दुवैले दाबी गर्ने गरेका छन् ।

जहाँ केही समूहले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सशस्त्र संघर्ष चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट