दुई वर्षपछि २३ सयको बिन्दुमाथि सेयर बजार-Sutra News

दुई वर्षपछि २३ सयको बिन्दुमाथि सेयर बजार

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से)ले २३ सय बिन्दु पार गरेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार ७०.१८ अंकले बढ्दै नेप्से २३१०.५९ को बिन्दुमा उक्लिएको हो । जुन दुई वर्ष यताकै उच्च बिन्दु हो ।



यसअघि २०७९ साल वैशाख २९ गते नेप्से परिसूचक २३ सयको बिन्दुमा उक्लिएको थियो ।

सँगै नेप्सेमा केही महिनायताकै उच्च कारोबार पनि भएको छ । आज एकै दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा नेप्सेमा ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भयो ।

३.१३ प्रतिशतले बढेको नेप्सेमा हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै, बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशतले बढ्यो ।

यसदिन ९ कम्पनीको मूल्यमा सरकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशतले बढेको हो ।

आज कारोबारमा आएका २४२ कम्पनीमध्ये २३४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ८ कम्पनीको शेयर मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट