साउन महिनाको पहिलो बुधबार तपाईंको दिन कस्तो ? के छ राशिफल ?-Sutra News

साउन महिनाको पहिलो बुधबार तपाईंको दिन कस्तो ? के छ राशिफल ?

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

आज मिति २०८१ साउन २ गते बुधबार । सन् २०२४ जुलाई १७ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन व्यापारमा राम्रै फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्ने योगका कारण विशेष योजना गोप्य राख्नु हितकर होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइन सक्छ, सचेत रहनुहोला । आरोग्यता र सामर्थ्य वृद्धि हुनेछ ।

बृष

पठनपाठनमा प्रगति हुने र रोकिएका काम पनि सम्पादन हुने दिन छ । विशेष सभा९समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आज आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने योग रहेकोले अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । कमजोरीले चिन्ता बधाउन सक्छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखका कारण उत्साह बढ्ने छ ।

मिथुन

व्यस्तता वृद्धि हुनेछ । आम्दानी राम्रैसँग बढ्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । रचनात्मक कार्य प्रारम्भ गर्न सकिने छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । समग्रमा दिन रमाइलो नै छ । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्य सफल हुनेछ ।

कर्कट

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । आतिथ्यपूर्ण सम्मान पाइएला । केही खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । मेहनतले धेरैको मन लोभ्याउन सकिने छ र जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्नेछ । सार्वजनिक काममा आकर्षण रहला । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह

प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने समय छ । स्वास्थ्यका लागि आज खानपानमा विशेष सचेत रहनु हितकर होला । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

कन्या

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउला । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । आयआर्जन पनि राम्रै हुने योग छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । व्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । मान सम्मान बढ्ने छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्य भने सामान्य कमजोर रहन सक्छ । लगानी वृद्धि हुने योग छ ।

बृश्चिक

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा केही सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । पढाइ लेखाइमा भने समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनु हितकर होला । आरोग्यता बढ्ने छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

विगतका कमी कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । आजको दिन धन आर्जन हुने योग छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । भ्रमण कार्यमा आकर्षण बढ्ने छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

आजको दिन सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ । पति पत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु होला । लेनदेनको विवादले पनि अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

दिन शुभदायी छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । कामले अरूको मन लोभ्याउँदै इनाम र प्रतिष्ठा कमाउने योग छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

आम्दानीका नयाँ स्रोत फेला पर्ने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने योग छ । आरोग्यता र दाम्पत्य सुख बढ्नेछ । वार्ता सफल भइ समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट