गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुरुवात-Sutra News

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुरुवात

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरुवात गरेको छ ।



विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक र ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको मंगलबारदेखि लागू हुने गरी शुभारम्भ गरेको हो ।

यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले बीएचआईएम र फोनपेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरूबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरूमा सुरक्षित र सुविधाजनक रूपमा रकम भुक्तानी गर्न सक्नेछन् ।

यस प्रकारका सेवाहरूले नेपाल र भारतबिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विकास बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट