६ वर्षीय बालकको हत्या आरोपमा पुरुष पक्राउ-Sutra News

६ वर्षीय बालकको हत्या आरोपमा पुरुष पक्राउ

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका ३ विस्थापित टोल बस्ने बिक्रम विकको छोरा ६ वर्षीय अविलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ४५ वर्षीय वीर बहादुर विश्वकर्मा पक्राउ परेका छन् ।



वीर बहादुरले मादक पदार्थ सेवन गरी अविलाई कुटपिट गर्दा घाइते भएका थिए । उनको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका अविको सोही प्रतिष्ठानमा उपचारको क्रमममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट