चाम्लिङको अध्यक्षतामा जसपा निकट विद्यार्थी संगठनको पुनर्गठन-Sutra News

चाम्लिङको अध्यक्षतामा जसपा निकट विद्यार्थी संगठनको पुनर्गठन

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पुनर्गठन भएको छ । नेता प्रकाश चाम्लिङको अध्यक्षतामा संगठन पुनर्गठन भएको हो ।



पूर्व मन्त्रीसमेत रहेका जसपा अध्यक्ष अशोक राईको उपस्थितिमा आयोजित राष्ट्रिय भेलाबाट विद्यार्थी युनियन पुनर्गठन गरिएको हो । पुनर्गठित समितिको उपाध्यक्षमा चन्द्र तामाङ, गन्दिप राई, झिल खिम्बुले, सोयव अन्सारी र दिकेश यादव छन् ।

महासचिवमा निखिल बरनावाल, उपमहासचिवमा विशम भुजेज, राजन साह, बरदान हाङखिम छन् । सचिवहरुमा सुजन भन्डारी, सरोज चौधरी, विनोद जयसवाल, अमिर आलम, वीरेन्द्र दर्नाल, मो फियाज, आमिर आलम, पनन चाम्लिङ, शेष गुरुङ, अर्जुन सुनुवार, सौजन थापामगर, रमजन अलि साइब, रामरेखा यादव र कोषाध्यक्षमा शिल्पा राई छन् ।

पदाधिकारी र केन्द्रीय सदस्य गरी ९१ सदस्यीय समिति बनाइएको छ अध्यक्ष चाम्लिङले जानकारी दिए । कार्यक्रममा जसपाका नेता मो इस्तियक राई, योगराज लिम्बु, रमेश राई, आङकाजी शेर्पालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट