काठमाडौं । नेप्से परिसूचक उच्च वृद्धि भई बन्द भएको छ । आज ५४ अंकले बढ्दा दुई हजार ३६४.६३ अंकमा पुगेको हो ।
आज ३०६ कम्पनीको तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिद बिक्री भएको थियो । यस क्रममा १२ अर्ब पाँच करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
आज सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रो, अन्खु खोला हाइड्रो, आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मूल्य सकिर्ट नजिक पुगेको थियो ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ । एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ ।