रेलमार्गको सर्भे टोलीको गाडीमा प्रहरीकै अगाडि आगजनी-Sutra News

रेलमार्गको सर्भे टोलीको गाडीमा प्रहरीकै अगाडि आगजनी

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् । बुधबार भरतपुर महानगर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका थिए ।



गाडीमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाएको थियो । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए ।

सचिव नेपालका अनुसार टोलीले मंगलबार भरतपुर महानगर ८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै सयौँ स्थानीय भेला भएर विरोध गरेका थिए ।

पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट