न्यायाधीश कम हुँदा विराटनगर उच्च अदालतको काम प्रभावित-Sutra News

न्यायाधीश कम हुँदा विराटनगर उच्च अदालतको काम प्रभावित

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । उच्च अदालत विराटनगरले प्रयाप्त कर्मचारी नहुँदा मुद्दा फछ्र्र्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ ।



बुधबार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तक्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको बताए । यस क्रममा उनले नौ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फछ्र्र्यौटमा समस्या भएको जनाएका हुन् ।

उनले १२ जना न्यायाधीशको दरबन्दी भए पनि नौ जना मात्र हुँदा चार वटा मात्र बेञ्च बसेको उल्लेख गरेका थिए । जसका कारण पर्याप्त मुद्दाको फछ्र्र्यौट गर्न नसकिएको गुनासो गरे ।

पछिल्लो समय एउटा जिल्लासमेत थपिएको र मुद्दाको चाप बढेको हुनाले दरबन्दीअनुसार न्यायाधीश पठाउन उनको आग्रह थियो ।

उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा नयाँ र पुराना गरी सात हजार ४३७ वटा मुद्दा दर्ता भएकोमा तीन हजार २५४ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट