काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई वीर अस्पतालमा भर्ना गरिएको राप्रपाले जनाएको छ । प्रारम्भिक परीक्षणबाट टाइफाइड र पिसाबमा इन्फेक्सन देखिएको जनाइएको छ । चन्दलाई भेट्न राप्रपाका नेता तथा कार्यक्रर्ताहरू वीर अस्पताल पुगेका छन् ।
बैतडीको कुरकुटिया गाउँ जन्मेका उनी विं.सं. २०४०, ०४६, ०५३ र ०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।