शिक्षा क्षेत्रको सुधार गर्न कार्य योजना बनाउने मन्त्री भट्टराईको प्रस्ताव-Sutra News

शिक्षा क्षेत्रको सुधार गर्न कार्य योजना बनाउने मन्त्री भट्टराईको प्रस्ताव

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई सुधार गर्न कार्य योजना बनाएर अघि बढ्ने बताएकी छन् ।



सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउने बताइन् ।

विद्यालय शिक्षा ऐन बनाउँदा निःशुल्क शिक्षा ऐनको भावलाई पनि समेट्न जरुरी रहेको उनको भनाइ थियो । उनले एक महिनाभित्र शिक्षा क्षेत्रको सुधारका लागि खाका तयार पार्ने बताएकी थिइन ।

यस क्रममा उनले शिक्षण सिकाइको नजिता एसईई परीक्षाको नतिजा भएकाले समग्र शिक्षण प्रणालीलाई पुनरावलोकन गर्न जरुरी रहेको धारणा राखे । बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट