साउन ३ गते बृष, सिंह र धनु राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो-Sutra News

साउन ३ गते बृष, सिंह र धनु राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

आज मिति २०८१ साउन ३ गते बिहीबार सन् २०२४ जुलाई १८ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

अरूको भर पर्दा धोका हुन सक्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । तथापि, पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । विशेष मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम सुरु हुनसक्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

बृष

आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । तर, जिम्मेवारीले नयाँ ज्ञान प्राप्त गराउन सक्छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र प्रयास गर्दा उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्यता रहनेछ । आफन्त तथा इष्टमित्रको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन

विशेष काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको सहयोग लिँदा राम्रो हुने समय छ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउला । मानसम्मान पनि पाइनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु बेस हुनेछ । प्रेमभाव र बौद्धिकता बढ्नेछ । आर्थिक काम बन्नेछ ।

कर्कट

पराक्रम र आरोग्यता बढ्ने समय छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ला । रोकिएका काम फेरि गर्ने प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । अरुको भर नपरी आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह

मान र विद्या प्राप्त हुने समय छ । राम्रै धनलाभ होला तर आर्जित धन तत्काल खर्च गर्नुपर्ने योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा–जमिनसम्बन्धी व्यवसायमा विशेष लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने सम्भावना पनि छ । कर्मबल तथा पराक्रम बढ्नेछ । समयले साथ दिनेछ ।

कन्या

न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ, हिम्मतले काम लिनुहोला । नचिताएको ठाउमा धननाश हुने योग रहेकोले विशेष सचेतनाको आवश्यकता पर्ला । काममा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ, तर स्वास्थ्य सामान्य कमजोर रहनाले अवरोध पुग्न सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक नै रहनेछ । रसरागको भाव वृद्धि होला ।

बृश्चिक

चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । आकर्षक बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ध्यान राख्नुहोला । शुभ समाचार आउनेछ । मान महत्व बढ्नेछ । समयले साथ दिनेछ ।

धनु

सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । अध्ययन कार्यमा कुनै जटिलता छन् भने सुल्झिएर जाने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा राम्रै लाभ हुने योग छ । सकारात्मक काममा आकर्षण रहला ।

मकर

दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । आरिस र इर्ष्या गर्नेहरूले भने दुःख दिने चेष्टा गर्न सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउने दिन छ । रोकिएको काम बन्नेछन् ।

कुम्भ

भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै होला । तर, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ । आजको दिन स्वास्थ्यप्रति अलिक सावधानी अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण रहला । दिनको उत्तरार्ध समय विशेष अनुकूल रहने योग छ ।

मीन

बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दीगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ भने सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । आजको दिन मिष्ठान्न भोजन प्राप्त होला । प्रेमभाव बढ्नेछ । भय भ्रम हट्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट