उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य-Sutra News

उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । स्थानीय बजारमा उच्च बिन्दुमा पुगेपछि सुनको मूल्य घटेको छ । साताको पाँचौ कारोबार दिन (बिहीबार) सुनको मूल्य घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन तोलामा तीन सय रुपैयाँको दरले घटेको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४८ सय आठ सय रुपैयाँ तोकिएको छ ।

यसअघि बुधबार छापावाला सुनकोे मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४९ हजार एक रुपैयाँमा कायम भएको छ ।

सुनको मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा चाँदी बिहीबार प्रतितोला ३५ रुपैयाँको दरले घटेको छ ।

अन्तराष्ट्रिय बजार सुनचाँदीको मूल्य भएको घटबढको प्रभाव स्थानीय बजारमा परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट