५१ दिनमा प्याकअप ‘छक्का पन्जा ५’-Sutra News

५१ दिनमा प्याकअप ‘छक्का पन्जा ५’

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । फिल्म ‘छक्का पन्जा ५’को छायांकन सकिएको छ । असोजको २४ गते फूलपातिबाट रिलिजमा आउने फिल्मको काभ्रेको पनौती क्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै ५१ दिनमा छायांकन सकिएको हो ।



फिल्मका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले काठमाडौंमा फिल्मको प्याकअप भएको जानकारी दिए । उनका अनुसार, अब एउटा गीतको छायांकन हुन बाँकी छ । यो फिल्मको काम निकै राम्रो भएको दीपकको भनाई छ ।

सोसल-कमेडी जनरामा बनिरहेको यो फिल्मको छायांकन काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म चलेको थियो ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा दीपकराजको साथमा केदार घिमिरे, वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् ।

यसपटक निर्माणपक्षले फिल्मको छायांकनको क्रममा धेरै हल्ला गरेन । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्मका अन्य कलाकारहरूको बारेमा पनि केही जानकारी दिइएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक-दीपा छन् ।

फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट