‘पर्वत समाज दक्षिण कोरिया’द्वारा सांस्कृतिक कार्यक्रम हुने-Sutra News

‘पर्वत समाज दक्षिण कोरिया’द्वारा सांस्कृतिक कार्यक्रम हुने

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । दक्षिण कोरियामा सक्रिय ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत सांस्कृतिक कार्यक्रम तथा वनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।



आगामी अगस्ट ३ र ४ तारिखमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजागारीमा व्यस्त रहेका नेपालीहरूबीच सद्भाव र मेलमिलापको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष दीपक केसीले जानकारी दिए ।

कार्यक्रममा सहभागिता हुन पुरुषलाई ९० हजार वन, महिलालाई ७० हजार वन र जोडीलाई डेढ लाख वन तोकिएको छ । यो कार्यक्रम खाफ्याङ्ग गुन छाङ फ्योङ्ग मेन, देसङरी नामिटखिल ६ नामिटामन फाकमा आयोजना हुनेछ ।

यो कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरिया टिमको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुति रहने छ । कार्यक्रममा प्रमोद भुषाल, अमृत चापागाईं, सञ्जोग भुषाल, अनिस केसी, अनु अधिकारी, विपना अधिकारीको प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट