बेनिघाट-आरुघाट जोड्ने सडक बगाएपछि पुल मात्रै बाँकी-Sutra News

बेनिघाट-आरुघाट जोड्ने सडक बगाएपछि पुल मात्रै बाँकी

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । गोरखाको बेनिघाट–आरुघाट सडक खण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुल जोड्ने सडक बाढीले बगाएको छ । त्यसपछि पुल मात्रै बाँकी हुँदा सडक अवरुद्ध भएको छ ।



भीमसेन थापा गाउँपालिका ७ र सहिद लखन गाउँपालिका ९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

‘सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारी साधान चल्न सकेका छैनन्,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट