नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवा, दुर्घटना हुन जोगियो-Sutra News

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवा, दुर्घटना हुन जोगियो

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । तर, ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।



भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुँवाको मुस्लो निस्केको हो ।

धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इञ्जनमा आगो निभाएपछि सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट