सभामुखले गरे दलका प्रमुख सचेतकहरूसँग छलफल-Sutra News

सभामुखले गरे दलका प्रमुख सचेतकहरूसँग छलफल

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको गतिविधिलाई प्रभावकारी बनाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।



सिंहदरबारमा बिहीबार सभामुखले संसदको १५ दिनको क्यालेण्डर, विषयगत समितिका सभापति चयनका साथै प्रधानमन्त्रीको विश्वासको मतलगायत विषयमा छलफल गरेका हुन् ।

छलफलले आगामी १५ दिनको क्यालेण्डरलाई अन्तिम रुप दिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

त्यस्तै, सदन र समितिमा रहेका विधेयकका विषयमा छलफल भएको उनको भनाइ थियो । छलफलमा सदन र संसदीय समिति बैठकलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट