काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपतिको शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि उनले कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्
पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायराअनुरुप आफूले काम गर्ने बताए । सरकारलाई उचित सल्लाह दिँदै सरकारविरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गर्ने कामलाई प्रभावकारी रुपमा अघि बढाउने उनको दाबी थियो ।
वरिष्ठ अधिवक्ता बडालले कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरुलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने धारणा राखे । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।