मेडिकल कलेजको तेस्रो तलाबाट खसेका ७६ वर्षीय वृद्धको मृत्यु-Sutra News

मेडिकल कलेजको तेस्रो तलाबाट खसेका ७६ वर्षीय वृद्धको मृत्यु

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज)को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।



बिहीबार बिहान ११ बजेतिर तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका मगर दृष्टि विहीनको समस्याले बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट