श्रीमानको हत्या आरोपमा श्रीमतीसहित छोरी पक्राउ-Sutra News

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित छोरी पक्राउ

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामा पक्राउ परेका छन् ।



घरायसी विवादका कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर मृत्यु भएको थियो । उनी आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले आमा छोरीलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट