ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ-Sutra News

ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

ललितपुर । करिब नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरका महालक्ष्मी नगरपालिका ४ इमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका ५ घर भएका २६ वर्षीय नर बहादुर खत्री पक्राउ परेका छन् ।



नर बहादुरले बालिकालाई फकाई सोही महानगरपालिका २८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगेर बलात्कार खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट