आज मेष, तुला र मकर राशीको दिन शुभ, अन्य राशीको दिन कस्तो ?-Sutra News

आज मेष, तुला र मकर राशीको दिन शुभ, अन्य राशीको दिन कस्तो ?

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

आज मिति २०८१ साउन ४ गते शुक्रबार । सन् २०२४ जुलाई १९ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

दिन शुभदायी छ । रोकिएको काम शुभचिन्तक तथा ठूलाबडाको आशीर्वादले बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले राम्रै साथ दिनेछन् । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा इर्ष्यालुजन पछि पर्नेछन् । चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । आरोग्यता एवम् दाम्पत्य सुख बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ ।

बृष

रोकिएका काम सम्पादन हुने समय छ । कसैसंग सामान्य विवाद पर्न सक्छ तर समस्याको समाधान मिल्नेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा समय, श्रम र धन लगाउँदा राम्रो हुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति होला । परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तजन सहयोगी सावित हुनेछन् ।

मिथुन

व्यवसायिक कार्यको लागि यात्रा गर्नुछ भने आजको दिन शुभदायी छ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । पुरानो सम्झौताले भने अप्ठ्यारो पार्न सक्छ । संयमता राखेर व्यवहार गर्नुहोला । प्रेमभाव वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

व्यस्तता बढ्नेछ । सार्वजनिक काममा आकर्षण रहला । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग राम्रो सम्बन्ध बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दाचाहिँ अत्यन्त सजगता अपनाउनुहोला । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह

नोकरी अथवा व्यवसायसँग सम्बद्ध कार्यमा ठोस परिणाम देखापर्नेछन् । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने योग छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पारिवारिक सुख बढ्नुको साथै महत्वपूर्ण कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

आजको दिन स्वास्थ्यमा सामान्य समस्या देखापरे पनि आर्थिक पक्ष सबल छ । नयाँ जिम्मेवारी आइपर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्ने योग छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

तुला

मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको योग छ ।तथापि, सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । यशवर्चश्व बढ्नेछ ।

बृश्चिक

न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ तर मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । लगानी बढ्नेछ । मठो भोजन प्राप्त हुने समय छ ।

धनु

आयबल बढ्नेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । कामधन्दा र व्यवसायको चापले गर्दा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

कर्मबल बढ्नेछ । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । तर, बोलीको विपरीत अर्थ लाग्न सक्ने समय छ, संयमित भइ व्यवहार गर्नुहोला । कल्पना र भावनामा केन्दित भइने छ । परिणाममुखी काममा लगानीको अवसर जुर्न सक्छ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

पराक्रम र उत्साह बढ्ने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि उत्साहमा कमी आउनेछैन । स्वास्थ्य सबल रहनेछ र, काममा पनि फाइदाको योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

दौडधुप बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट