न्यूरोडको फुटपाथ विस्तारमा फेरि स्थानीयको अवरोध-Sutra News

न्यूरोडको फुटपाथ विस्तारमा फेरि स्थानीयको अवरोध

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

काठमाडौंं । उच्च अदालतको आदेशपछि काठमाडौंको न्यूरोडमा सुरु भएको फुटपाथ विस्तारको कामलाई फेरि स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरले बुधबारदेखि सुरु गरेको फुटपाथ विस्तारलाई स्थानीयले अवरोध गरेका हुन् ।



स्थानीयले फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शन गरेका छन् । फुटपाथ विस्तार गर्दा न्यूरोडको व्यापार व्यवसायमा असर गर्ने स्थानीयको भनाई छ ।

यसअघि स्थानीयको अवरोधलाई वेवास्था गर्दै महानगरले अगाडि बढाएको फुटपाथ विस्तारलाई सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर रोकेको थियो । डिभिजनले महानगरपालिकाले काटेको सडकलाई टालेको थियो ।

जुन घटनापछि महानगरपालिका सडक डिभिजन कार्यालयविरुद्ध उच्च अदालत पुगेको थियो । अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै महानगरको योजनामा अवरोध गर्न नमिल्ने अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालतको आदेशपछि मात्रै महानगरले पुनः काम थालेको हो । यद्यपि, अदालतको आदेशलाई समेत चुनौति दिँदै स्थानीय अवरोधमा उत्रिएपछि अहिले महानगरले महानगर प्रहरी र जनपथको समेत सहयोग लिएर कामलाई अगाडि बढाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट