एकै दिन २ हजारले घट्याे सुनकाे मूल्य-Sutra News

एकै दिन २ हजारले घट्याे सुनकाे मूल्य

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकाे तुलनामा शुक्रबार सुन तोलामा २ हजार रुपैयाँले घटेकाे हाे ।



महासंघका अनुसार मूल्य घटेसँगै शुक्रबार छापावाल सुनकाे मूल्य प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४८ सय आठ सय रुपैयाँ तोकिएको थियाे ।

सुनकाे मूल्यलाई पछ्याउँदै शुक्रबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएकाे छ । महासंघका अनुसार अघिल्लो दिनकाे तुलनामा तोलामा ३० रूपैयाँले घट्दै शुक्रबार चाँदी प्रतिताेला १ हजार ८३० रुपैयाँमा कारोबार भएको छ ।

अन्तराष्ट्रिय बजार सुनचाँदीको मूल्य भएको घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट