अमिताभ बच्चन भन्छन्- प्रभासलाई एक हजार करोड कमाउनु रुटिन जस्तै-Sutra News

अमिताभ बच्चन भन्छन्- प्रभासलाई एक हजार करोड कमाउनु रुटिन जस्तै

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

जुन २७ बाट प्रदर्शनमा आएको नाग अश्विन निर्देशित फिल्म ‘कल्की २८९८ एडी’ ले  विश्वव्यापी रूपमा १,१६०  करोडभन्दा बढी कलेक्सन गरेको छ । यो सफलतामा फिल्ममा अश्वत्थामाको भूमिका निभाएका अभिनेता अमिताभ बच्चन ‘बिग बी’ले एउटा भिडियो सेयर गरेका छन् ।



भिडियोमा बच्चनले फ्यानलाई धन्यवाद दिएका छन् । उनले को-स्टार दक्षिण भारतीय अभिनेता प्रभासको पनि तारिफ गरे ।

अमिताभले भने, ‘म यहाँ सबैलाई धन्यवाद दिन आएको हुँ । तपाईहरुले यो फिल्मलाई यति धेरै माया दिनुभयो कि यसले एक हजार ५५ करोड कमाएको छ । म मेरा सह-कलाकार कमल हसन, प्रभास र दीपिकालाई पनि धन्यवाद दिन्छु । साथै यस फिल्मको सफलताको लागि सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु ।’

भिडियोमा बिग बीले अगाडि भनेका छन्, ‘मेरो लागि हजार करोड रुपैयाँ नयाँ कुरा हो तर प्रभासका लागि यो एक रुटिन जस्तै हो ।’ अन्त्यमा उनले यो फिल्मको दोस्रो भागमा पनि आफूलाई देख्न सकिने आशा रहेको बताए ।

यता फिल्म ‘कल्की २८९८ एडी’ले प्रदर्शन भएदेखिनै अलग अलग रेकर्ड तोड्दै आएको छ । हालै यो फिल्मले उत्तरी अमेरिकामा दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्न सफल भएको छ । अब यो फिल्मको नाममा अर्को कीर्तिमान दर्ता भएको छ र त्यो पनि बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड तोडेको छ ।

‘कल्की’ले अनलाइन टिकट बुकिङ वेबसाइट बुक माई शोमा टिकट बिक्रीको हिसाबले जवानको कीर्तिमान तोडेको हो । २० दिनमा बुक माई शोमा ‘कल्की’ को १२.१५ मिलियन अर्थात् १,२१,५०,००० करोडको टिकट बिक्री भएको छ । बुक माई शोमा अहिलेसम्म कुनै पनि फिल्मको यति धेरै टिकट बिक्री भएको छैन । यसअघि यो कीर्तिमान शाहरुख खान र नयनताराको फिल्म जवानको नाममा थियो जसको १२.०१ मिलियन अर्थात् १,२०,१०,००० टिकट बिक्री भएको थियो ।

टिकट बिक्रीको हिसाबले ‘कल्की’ ले गरेको यो मात्रै उपलब्धि होइन, बुक माई शोमा एक घण्टामा ९५ हजार ७१० टिकट बिक्री गरेर नयाँ कीर्तिमान पनि बनाएको छ । यस मामिलामा पनि ‘कल्की’ ले शाहरुख खानको फिल्म ‘जवान’लाई पछि पारेको छ । ‘जवान’ को एक घण्टामा ८६ हजार टिकट बिक्री भएको थियो ।

‘कल्की २८९८ एडी’लाई वैजयन्ती मुभिजले निर्माण गरेको हो । फिल्ममा प्रभासका अलावा दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, मृणाल ठाकुर, शोभना र राजेन्द्र प्रसाद लगायत धेरै कलाकारले अभिनय गरेका छन् । यी बाहेक दर्शकले दुल्कर सलमान, विजय देवरकोंडा र निर्देशक एसएस राजामौलीको पनि क्यामियो देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट