‘लाज शरणम्’को औपचारिक घोषणा, ‘जिग्री’ निर्देशन गर्ने-Sutra News

‘लाज शरणम्’को औपचारिक घोषणा, ‘जिग्री’ निर्देशन गर्ने

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ । शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै सक्किगोनि टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको हो।



कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर फिल्मका ‘क्रु’ मेम्बार बारे जानकारी दिइयो। सिरियल निर्माणमा लागेको १० वर्षपछि यो टिमले फिल्म निर्माणमा पाइला चाल्न थालेको हो। ‘लाज शरणम्’लाई कुमारले निर्देशन गर्ने भएका छन्।

घोषणा कार्यक्रममा सक्किगोनिको टिम नै उपस्थित थियो। ‘सक्किगोनि’ टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’ र कमलमणि नेपालको अभिनय रहने तय छ। फिल्ममा विजय बराल, माला लिम्बु, देशभक्त खनाल लगायतको पनि अभिनय रहने जानकारी दिइयो। अन्य केही कलाकार फाइनल हुने क्रममा रहेको निर्माण टिमले जनाएको छ। यसैगरी पुराना अभिनेता मुकुन्द श्रेष्ठले यो फिल्मबाट पुनरागमन गर्ने भएका छन्।

भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ। कार्यक्रममा निर्देशक कुमार कट्टेलले जिम्मेवार भएर राम्रो फिल्म बनाउन मेहनत गर्ने बताए।

फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सह-निर्माताको रुपमा राम नरेश शाह रहेका छन् ।

घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।

कुमार र अर्जुन घिमिरे ‘पाँडे’ को संयुक्त निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ लोकप्रिय सिरियल हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट