आज साउनको पहिलो शनिबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज साउनको पहिलो शनिबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

आज मिति २०८१ साउन ५ गते शनिबार । सन् २०२४ जुलाई २० नेपाल सम्बत ११४४ दिल्लाथ्व चर्तुदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन तपाईंका लागि अनुकुल हुने देखिन्छ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दीगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । दामपत्यसुख बढ्ने छ । शत्रुसित लड्ने क्षमता बढ्ने छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ ।

बृष

व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । खर्चको मात्रा बढ्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहे पनि तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । आफन्तको सहयोग प्राप्त होला ।

मिथुन

स्वादिष्ट भोजनमा मन रमाउने छ भने आजको दिन तपाईंमा आत्मविश्वास पनि जाग्नेछ । रोकिएका काम विस्तारै बन्ने छन् । तर महत्वपूर्ण काम समयमै पूरा नहुनाले अफसोच होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको स्वास्थ्यप्रति चिन्ता जाग्न सक्छ । प्रेमभाव वृद्धि होला ।

कर्कट

नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने छ । व्यावसायिक काममा खर्च बढ्ने छ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ । जीवनसाथीको सहयोगले लाभ र आनन्द मिल्ने छ । मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । आरोग्यता रहला । आफ्नै बलविवेकले काम बन्ला ।

सिंह

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । प्रेमको बन्धन कसिएला । स्वास्थ्य सामान्य गडबड रहन सक्छ, खानपानमा ध्यान दिनु होला । उत्साहवर्द्धक समाचार सुन्न पाइने योग छ । पराक्रम बढ्ने छ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषि(चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिएला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

आजको दिन पारिवारिक जमघटमा मन रमाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । व्यापार(व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्ला, सचेत रहनुहोस् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

बृश्चिक

आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिने छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मित्रजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । समयले साथ दिनेछ ।

धनु

लगनशीलताले राम्रै उपलब्धि दिलाउला । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रसन्न रहला । समय लागे पनि काम सम्पादन हुने छन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्ने छन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुने छन् । आयबल बढ्ने छ । सकारात्मक काममा आकर्षण रहला ।

मकर

कर्मबल बढ्ने छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । कामको सन्दर्भमा यात्राको सम्भावना छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामको धेरैले प्रशंसा गर्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । रसरागमा आकर्षण बढ्ने छ । मिठो भोजन प्राप्त होला । सन्तानसुख बढ्ने छ ।

मीन

दौडधुप बढ्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, सचेत रहनुहोस् । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट